रसुवा बाढी अपडेट : ६६९ जनाको शव फेला, २ हजार ३०१ जना घाइतेको उद्धार
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६६९ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार शनिबार दिउँसो ४ बजेसम्म बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको छ। जस अनुसार सबैभन्दा बढी २४८ शव चितवनमा फेला परेका छन्।
यस्तै, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, धादिङमा ४९, गोरखामा ५४, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेका छन्।
बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म २ हजार ३०१ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ।
यस्तै, बाढीका कारण २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन्।
भदौ १३, २०८३ शनिबार १७:३२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।