विपद्मा राहतको नाममा ठगीको जोखिम, आधिकारिक माध्यम प्रयोग गर्न प्रहरीको अपिल

विपद्मा राहतको नाममा ठगीको जोखिम, आधिकारिक माध्यम प्रयोग गर्न प्रहरीको अपिल

वीरगन्ज : जिल्ला प्रहरी कार्यालय पर्साले बाढी तथा विपद् पीडितको सहयोगका नाममा हुनसक्ने आर्थिक ठगीबाट जोगिन आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग गर्न अनुरोध गरेको छ।

शनिबार एक सूचना जारी गरेर प्रहरीले हालको विपद्को अवस्थामा राहत सङ्कलनका लागि आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालको मात्र प्रयोग गर्न अनुरोध गर्यो।

विपद्को फाइदा उठाउँदै विभिन्न व्यक्तिहरूले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी व्यक्तिगत बैङ्क खाता तथा ई-वालेटमा रकम माग गर्न सक्ने भएकाले त्यसतर्फ सचेत हुन प्रहरीले आग्रह गर्यो।

कसैले विपद् राहतको नाममा स्क्यान गरेको वा गर्न खोजेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा तुरुन्त सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

भदौ १३, २०८३ शनिबार १५:५५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।