भोटेकोशी बाढीमा बेपत्ता शिक्षक नारायण थापाको मृत्यु पुष्टि, नवलपरासीमा भेटियो शव
बुटवल : भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ का ४७ वर्षीय शिक्षक नारायण थापाको निधन पुष्टि भएको छ।
बाढीपछि सम्पर्कविहीन भएका थापाको शव नवलपरासीको देवचुली क्षेत्रमा फेला परेको थियो। त्यहाँबाट प्रतिष्ठान ल्याइएको शव उनकी श्रीमती कमला थापाले पहिचान गरेपछि थापाको निधन पुष्टि भएको हो।
पाणिनी गाउँपालिका-७ का वडाध्यक्ष गुनाखर अधिकारीका अनुसार थापाको निधनको पुष्टि भएको हो। उनी रसुवाको बेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अंग्रेजी विषयका शिक्षकका रूपमा अध्यापनरत थिए।
भोटेकोशी नदीमा आएको बाढीका क्रममा थापा बेपत्ता भएका थिए। लामो समयसम्म उनको अवस्था अज्ञात रहेपछि खोजीका क्रममा नवलपरासीको देवचुली क्षेत्रमा शव फेला परेको हो।
४७ वर्षीय थापा शिक्षण पेसामा आबद्ध रही विद्यार्थीलाई अंग्रेजी विषय अध्यापन गराउँदै आएका थिए। उनको निधनले परिवार, आफन्त तथा उनले अध्यापन गराउँदै आएको विद्यालयमा शोक छाएको छ।
भदौ १३, २०८३ शनिबार ०७:३८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।