टिमुरे बाढीमा परेर नेपाल सरकारका शाखा अधिकृत यादव भण्डारीको मृत्यु

टिमुरे बाढीमा परेर नेपाल सरकारका शाखा अधिकृत यादव भण्डारीको मृत्यु

बुटवल : रसुवाको टिमुरे क्षेत्रमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका नेपाल सरकारका शाखा अधिकृत यादव भण्डारीको शव पहिचान भएको छ।

गुल्मी जन्मघर भई हाल नवलपरासीको सुस्ता गाउँपालिका-१ निवासी ३७ वर्षीय भण्डारी रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा कार्यरत थिए।

बाढीले बगाएपछि बेपत्ता भएका भण्डारीको शव फेला पारेर पोखरा ल्याइएको थियो। पोखरामै उनका दाजु चुडामणि भण्डारीले शव पहिचान गरेका हुन्।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार दाजु चुडामणिले शव यादव भण्डारीकै भएको पुष्टि गरेका हुन्।

कर्तव्य निर्वाहका क्रममा रहेका युवा राष्ट्रसेवक कर्मचारी भण्डारीको असामयिक निधनले परिवार, आफन्त तथा राष्ट्रसेवक कर्मचारी समुदायलाई स्तब्ध बनाएको छ।

विनाशकारी बाढीले एउटा परिवारको सदस्य मात्र होइन, राष्ट्रसेवामा समर्पित एक काबिल कर्मचारीलाई समेत खोसेर लगेको छ।

भदौ १३, २०८३ शनिबार ०७:३२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।