लेदो पन्छाएपछि खुल्यो बाढीले अवरुद्ध पृथ्वी राजमार्ग
काठमाडौं : बुधबार आएको बाढीपछि पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु खण्डमा लेदो थुप्रिएपछि अवरुद्ध बनेको राजमार्गमा शुक्रबारदेखि सवारीसाधनको आवागमन सुचारु भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर सडकमा रोकिएका तथा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। पहिलो चरणमा अत्यावश्यक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमन सुचारु गरियो।
राजमार्ग खुलाउने तथा सडकमा थुप्रिएको लेदो पन्छाउने काम जारी राख्दै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। सडक पूर्ण रूपमा सहज बनाउन लेदो हटाउने तथा सडक सफाइको कामलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।
भदौ १२, २०८३ शुक्रबार १९:५९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।