भोटेकोशी बाढी : सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रवृत्ति परीक्षा स्थगित गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिए।
उनले पुनःप्रवेश परीक्षा र छात्रवृत्तिसम्बन्धी परीक्षा अर्का सूचना आएपछि जानकारी हुने बताए। भोटेकोशी बाढीमा परी सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन अवस्थामा छन्।
भदौ ११, २०८३ बिहीबार १३:५९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।