रसुवा बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री पठाइयो
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० ट्रक राहत सामग्री पठाएको छ।
प्रभावित क्षेत्रमा प्राधिकरणले १० ट्रक खाद्यान्न तथा लत्ताकपडा पठाएको हो। प्राधिकरणका उपसचिव रामबहादुर के.सीले बाढी प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केट पठाइएको जानकारी दिए।
बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
भदौ ११, २०८३ बिहीबार १२:४२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।