बाढीको स्थिति बुझ्न प्रधानमन्त्री वालेन्द्र शाह मैथली ब्यारेक पुगे, उद्धार कार्यको ब्रिफिङ लिँदै

बाढीको स्थिति बुझ्न प्रधानमन्त्री वालेन्द्र शाह मैथली ब्यारेक पुगे, उद्धार कार्यको ब्रिफिङ लिँदै

नुवाकोट : बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि निस्कएका प्रधानमन्त्री वालेन्द्र शाह र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ‘श्री नं. १ सैन्य तालिम केन्द्र’ (मैथली ब्यारेक) पुगेका छन्।

काठमाडौंबाट बिहान ९:३० बजे सडकमार्ग हुँदै प्रस्थान गरेको प्रधानमन्त्रीको टोली नुवाकोट पुगेलगत्तै उद्धार, राहत तथा क्षतिको पछिल्लो अवस्था बुझ्न नेपाली सेनाको ब्यारेक पुगेको हो।

मैधली ब्यारेकमा प्रधानमन्त्री शाह र पूर्वाधार मन्त्री लम्साललाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय कमान्डरहरू तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले भोटेकोशी र त्रिशूली नदीको बाढीले पुर्याएको क्षतिबारे विस्तृत ब्रिफिङ गराइरहेका छन्।

ब्रिफिङका क्रममा प्रभावित क्षेत्रबाट भइरहेको नागरिकको उद्धार, बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार तथा नदी किनारका जोखिमयुक्त बस्तीहरूको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको छ।

सैन्य ब्यारेकमा वस्तुस्थितिको जानकारी लिएपछि प्रधानमन्त्री शाहले विदुर, त्रिशूली बजार र नदी किनारका अति प्रभावित बस्तीहरूको प्रत्यक्ष स्थलगत निरीक्षण गर्नेछन्।

भदौ ११, २०८३ बिहीबार ११:३५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।