कालिकोटमा घट्टमा पिठो पिस्न गएका एक व्यक्तिको पहिरोमा परी मृत्यु
सुर्खेत : कालिकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५ रुक्सा गाउँका ४५ वर्षीय दुर्गबहादुर सहकारी रहेका छन्। उनको बिहीबार बिहान पहिरोमा परी मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
प्रहरीका अनुसार सहकारी बिहान घट्टमा पिठो पिसेर घर फर्किने क्रममा नरहरिनाथ गाउँपालिका–५ स्थित कालाखोला नजिकै सडकभन्दा माथिबाट खसेको ढुंगा–माटोसहितको पहिरोमा परेका थिए।
पहिरोमा परी गम्भीर घाइते भएका सहकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव आफन्तले घरमा ल्याइसकेका छन्।
भदौ ११, २०८३ बिहीबार १०:३४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।