बाढीका कारण पूर्वाञ्चल विश्वविद्यालयका आजका सबै परीक्षा स्थगित

बाढीका कारण पूर्वाञ्चल विश्वविद्यालयका आजका सबै परीक्षा स्थगित

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयले आज (बिहीबार) सञ्चालन हुने सम्पूर्ण संकायका परीक्षाहरू स्थगित गरेको छ।

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण देशभर उत्पन्न विषम र असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले आजका पूर्वनिर्धारित परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय, विराटनगरद्वारा बिहीबार जारी गरेको सूचना अनुसार आज सञ्चालन हुने सबै संकाय अन्तर्गतका परीक्षाहरू मात्र स्थगित गरिएको जनाइएको छ।

स्थगित गरिएका परीक्षाहरूको नयाँ तालिका पछि प्रकाशित गरिने परीक्षा नियन्त्रकले जानकारी दिएका छन्। बाँकी दिनका परीक्षाहरू भने पूर्ववत् कार्यतालिका अनुसार नै सञ्चालन हुने जनाइएको छ।

भदौ ११, २०८३ बिहीबार ०८:२१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।