काठमाडौंको बाँसबारीमा साढे दुई तले घर भासियो
काठमाडौं : काठमाडौंको बाँसबारीमा वर्षाका कारण जमिन कमजोर भई एउटा साढे दुई तले घर भासिएको छ।
काठमाडौं महानगरपालिका-३, बाँसबारीस्थित उक्त घरमा ‘न्यू गण्डकी गेस्टहाउस’ सञ्चालनमा रहेको थियो।
महानगरपालिकाका अनुसार बिहीबार बेलुकी करिब ८ बजे वर्षातका कारण भिरालो जमिन खस्किँदा घर भासिएर तल खसेको हो।
घटना भएको समयमा घरभित्र कोही पनि नरहेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
लगातारको वर्षाका कारण सडक छेउको भिरालो जमिन भासिएर घर भत्किएको हो। घटनापछि जोखिमयुक्त क्षेत्र वरपर सतर्कता अपनाइएको छ।
भदौ ५, २०८३ शुक्रबार १०:०७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।