दैलेखमा राति घरबाट निस्किएका दुई बालिका मृत फेला

दैलेखमा राति घरबाट निस्किएका दुई बालिका मृत फेला

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला परेका छन्। भगवतीमाई गाउँपालिका-४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन्।

नाताले दिदी बहिनी पर्ने उनीहरू दुवै जना जङ्गलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलका अनुसार दुवै बालिका गए राति एउटै घरमा सुतेका थिए। राति घरबाट निस्किएका उनीहरू बिहान घरभन्दा केही टाढा रहेको जङ्गलमा मृत भेटिएका हुन्।

घटनास्थलमा प्रहरी टोली खटाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायलले जानकारी दिए। 

कात्तिक ९, २०८३ सोमबार २०:५०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।