सुनसरीको बराहक्षेत्रबाट भरुवा बन्दुकसहित ५० वर्षीय पुरुष पक्राउ
काठमाडौं : सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बान्द्रे टोलबाट प्रहरीले एक नाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५० वर्षीय मंगल सिंह राई रहेका छन्।
हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरीले राईको घरमा खानतलासी गर्दा भान्सा कोठाको सिलिङमा लुकाएर राखेको अवस्थामा एक थान एक नाले भरुवा बन्दुक फेला पारेको हो।
बन्दुक बरामद भएसँगै प्रहरीले राईलाई सोमबारबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
बरामद बन्दुकसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कात्तिक ९, २०८३ सोमबार २१:१०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।