कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
काठमाडौं : नेपाली टी-२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी-२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन्।
आइसिसीको पछिल्लो वरीयताअनुसार उनी २५६ रेटिङ अङ्कका साथ वरियताको तेस्रो स्थानमा उक्लिएका हुन्। जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउन्डर साइम अयुब दोस्रो स्थानमा रहेका छन्। उनीहरूको रेटिङ अङ्क क्रमशः ३२० र २७५ रहेको छ।
आसन्न एसिसी प्रिमियर कपमा राम्रो प्रदर्शन गर्न सकेमा ऐरी वरियताको शीर्ष स्थानमा उक्लिने सम्भावना छ। यस्तै, ‘टी-२० अलराउन्डर’ वरियतामा नेपालका कुशल भुर्तेल २७औँ, रोहितकुमार पौडेल ५४औँ, गुलशन झा ८२औँ र कुशल मल्ल ९०औँ स्थानमा रहेका छन्।
भदौ ४, २०८३ बिहीबार २१:३४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।