सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन्।
कुल ४६ जना प्रदेश सभा सदस्य उपस्थित रहेको उक्त बैठकमा भट्टको पक्षमा ३१ मत र विपक्षमा १५ मत खसेको थियो। सभामुख भीमबहादुर भण्डारीले प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको जनाउँदै मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेको औपचारिक घोषणा गरे।
मुख्यमन्त्री भट्टलाई नेकपाका २० र उपसभामुखसहित एमालेका ११ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन्।
गत साउन २९ गते शुक्रबार एमालेको मुख्य समर्थनमा भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
भदौ ३, २०८३ बुधबार १५:३८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।