रास्वपाको ‘छलफल’का कारण बस्न सकेन १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक

रास्वपाको ‘छलफल’का कारण बस्न सकेन १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक ‘छलफल’ लम्बिँदा आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा सांसदहरूलाई राखेर संसदीय मर्यादा र भूमिकाबारे छलफल गरिरहेका छन्।

संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिमा जारी यो छलफल लम्बिएपछि १ बजेका लागि बोलाइएको संसद् बैठक २ बजेर २५ मिनेटसम्म पनि बस्न सकेको छैन।

आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष विधेयक’ र श्रममन्त्री रामजी यादवले ‘बालश्रम विधेयक’ पेस गर्ने मुख्य कार्यसूची रहेको छ।

भदौ ३, २०८३ बुधबार १४:२३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।