छ प्रदेशका यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं : देशभर मनसुनी वायु सक्रिय रहँदा आज कोशीसहित ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।
देशका अन्य पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने हिमाली भू-भागमा वर्षासँगै हिमपात हुन सक्छ।
हाल पश्चिम नेपालमा वर्षा भइरहेको छ। आज कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा भने हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
भदौ २, २०८३ मंगलबार ०७:००:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।