प्रचण्डले कोशीमा कान्छी छोरीको ज्वाइँलाई मन्त्रीमा ह्याट्रिक गराए
काठमाडौं : प्रदेश सभामा नेपाली कांग्रेस र एमालेको गठबन्धन भत्किए लगत्तै प्रवेश पाएको नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट कोशीमा मन्त्री थपिदा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँसमेत मन्त्री बनेका छन्।
एमालेकातर्फबाट मुख्यमन्त्री रहेका हिक्मत कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेर नेकपाबाट चार मन्त्री नियुक्त गर्दा प्रचण्डका ज्वाइँ जीवन आचार्य भौतिक पूर्वाधारमन्त्री भए। आचार्य प्रचण्डकी छोरी गंगा दाहालको श्रीमान् हुन्।
जवजव पार्टी प्रदेश सरकारमा गयो तवतव आचार्य मन्त्रीमा छुटेका छैनन्। उनी २०७९ पुस २९ मा हिकमतकुमार कार्की नेतृत्वको सरकारमै पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए।
पाँच महिनापछि कांग्रेसका उद्धव थापाको नेतृत्वमा सरकार बन्दा पनि आचार्य पुनः २०८० असार २४ गते आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए। उनी मोरङ ६ (१) बाट प्रदेश सभामा निर्वाचित भएका थिए।
नेकपाको तर्फबाट मन्त्री हुने अन्यमा खिनु लङ्वा लिम्बू, गीता तिम्सिना र गोम्बु शेर्पा रहेका छन्।
भदौ १, २०८३ सोमबार २०:०८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।