वाइ-फाई नेपालद्वारा ५ नयाँ इन्टरनेट प्याकेजसहित ‘होम सिरिज’ सार्वजनिक
काठमाडौं : इन्टरनेट सेवा प्रदायक ‘वाइ-फाई नेपाल’ले सुलभ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन नयाँ ‘होम सिरिज’ सार्वजनिक गरेको छ।
यसअन्तर्गत अत्याधुनिक ‘जेडटिई डुअल ब्यान्ड राउटर’सहित ५ विभिन्न गतिका इन्टरनेट प्याकेज बजारमा ल्याइएको छ।
नयाँ सिरिजमा ग्राहकको आवश्यकता, उपकरणको संख्या र बजेटलाई ध्यानमा राख्दै ८०, १२०, १६०, २०० र ३०० एमबिपिएस गतिका प्याकेजहरू समावेश गरिएका छन्।
वाइ-फाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुघ्न पञ्जियारले इन्टरनेटको मूल्य नबढाई ग्राहकका लागि सेवाको गुणस्तर र स्पिड बढाउने उद्देश्यले यो सिरिज ल्याइएको बताएका छन्।
भदौ १, २०८३ सोमबार ०९:५१:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।