तीन दिने भारत भ्रमणमा निस्किए रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि शुक्रबार भारत गएका छन्।
लामिछानेको निजी सचिवालयका अनुसार उनी धनगढी हुँदै भारततर्फ जाने छन्। आध्यात्मिक तथा पारिवारिक भ्रमणका क्रममा उनले भारतको उत्तराखण्ड, नैनीतालस्थित प्रसिद्ध ‘कैँची धाम’ तथा आसामको गुवाहाटीस्थित ‘कामाख्या मन्दिर’मा पुगेर पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
तीन दिनको धार्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरेपछि लामिछाने स्वदेश फर्किने सचिवालयले जनाएको छ। उनी पत्नी निकितासहित भारततर्फ गएका हुन्।
कात्तिक ६, २०८३ शुक्रबार ०८:२४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।