देशमै पहिलो पटक ‘डिजिटल फेस्ट’ सहित राष्ट्रिय घर निर्माण फेस्ट हुँदै

देशमै पहिलो पटक ‘डिजिटल फेस्ट’ सहित राष्ट्रिय घर निर्माण फेस्ट हुँदै

काठमाडौं : देशमै पहिलो पटक ‘डिजिटल फेस्ट’को अवधारणासहित आगामी पुस ९ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘राष्ट्रिय घर निर्माण फेस्ट-२०८३’ आयोजना हुने भएको छ।

घर निर्माण फाउन्डेसनको आयोजनामा हुने यस मेलामा निर्माण सामग्री र सेवाका २०० भन्दा बढी स्टल रहनेछन्। यस पटकको मुख्य आकर्षण ‘डिजिटल फेस्ट’ रहनेछ।

जसअन्तर्गत मेलास्थलमा छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरी स्टलका उत्पादन र सेवालाई टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत देश-विदेशमा प्रत्यक्ष प्रसारण गरिनेछ। यसले उपत्यकाबाहिर र विदेशमा रहेका दर्शकलाई पनि मेलासँग जोड्ने आयोजकको विश्वास छ।

घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी र इन्जिनियरसम्मलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखिएको यस मेलामा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ।

ट्राइनोक्स ग्लोबलको सहकार्य रहने फेस्टका लागि हालसम्म ६० प्रतिशत स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ।

भदौ १, २०८३ सोमबार ०९:४४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।