मनसुनलाई लक्षित गर्दै एलजीले ल्यायो ‘वास एन्ड ड्राइ’ मेसिन

मनसुनलाई लक्षित गर्दै एलजीले ल्यायो ‘वास एन्ड ड्राइ’ मेसिन

काठमाडौं : नेपालको मनसुनलाई लक्षित गर्दै एलजीले कपडा धुने र सुकाउने दुवै सुविधा भएको ‘एआई डिडी वासर एन्ड ड्रायर’ नेपाली बजारमा ल्याएको छ।

पानी परिरहँदा र घाम नलाग्दा कपडा सुकाउन हुने झन्झट हटाउन यस मेसिनले एउटै उपकरणबाट कपडा धुने र सुकाउने काम गर्ने कम्पनीले जनाएको छ।

यो मेसिन परिवारको आवश्यकताअनुसार २०/१० केजी, १५/८ केजी, ११/७ केजी र ८/६ केजी क्षमतामा उपलब्ध छ।

आर्टिफिसियल इन्टेलिजेन्सका कारण यसले कपडाको तौल र प्रकार पहिचान गरी सोहीअनुसार सुरक्षित धुलाइ गर्ने कम्पनीको दाबी छ।

स्टिम प्रविधिले ९९.९ प्रतिशतसम्म एलर्जी कम गर्ने र कपडालाई गन्धरहित बनाउने दाबी  गरेको कम्पनीले ‘एलजी थिङ्क्यु’ एपमार्फत मेसिनलाई मोबाइलबाटै नियन्त्रण गर्न सकिन्छ।

यसमा भएको ‘इजी डिस्पेन्स’ प्रविधिले कपडाको तौलअनुसार आफैँ डिटर्जेन्ट र सफ्टनरको मात्रा मिलाउँछ भने ‘टर्बो वास ३६०’ प्रविधिले ३९ मिनेटमै कपडा धुने काम सम्पन्न गर्छ भने ‘६ मोसन डाइरेक्ट ड्राइभ’ले हातले धोएजस्तै प्रभावकारी सफाइ दिने कम्पनी बताउँछ।

नेपालका लागि एलजीको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले यी मेसिनहरू सिजी डिजिटल, एलजी ब्रान्डसप र देशभरका आधिकारिक बिक्रेतामार्फत खरिद गर्न सकिने जनाएको छ।

ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी सुविधासमेत उपलब्ध गराइएको छ।

भदौ १, २०८३ सोमबार ०९:३४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।