क्याम्ब्रिज ‘ए’ लेभलमा ब्रिटिश मोडल कलेजको उत्कृष्ट नतिजा, ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

क्याम्ब्रिज ‘ए’ लेभलमा ब्रिटिश मोडल कलेजको उत्कृष्ट नतिजा, ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं : ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश मोडल कलेज (बीएमसी)का विद्यार्थीहरूले ‘क्याम्ब्रिज इन्टरनेसनल एएस एन्ड ए लेभल’ (मे/जुन २०२६) परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्।

परीक्षामा सहभागी कलेजका १०६ जना विद्यार्थीमध्ये ९४ प्रतिशत उत्तीर्ण भएका छन्।

नतिजाअनुसार कलेजका ७ जना विद्यार्थीले उत्कृष्ट ‘A*’ (ए स्टार) र ३३ जनाले ‘A’ (ए) ग्रेड ल्याउन सफल भएका छन्।

कलेजले यो सफलतालाई विद्यार्थीको निरन्तर मिहिनेत, शिक्षकको समर्पण र अभिभावकको सहयोगको परिणाम भएको जनाएको छ।

यस उत्कृष्ट नतिजाप्रति खुसी व्यक्त गर्दै ब्रिटिश एजुकेसन ग्रुपका ‘हेड अफ स्कुल्स’ राजन कुमार राईले विद्यार्थी, शिक्षक र अभिभावकलाई बधाई दिए।

उनले यो नतिजाले युवा पुस्तालाई सक्षम बनाउने र गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको प्रतिबद्धतालाई थप पुष्टि गरेको बताएका छन्।

भदौ १, २०८३ सोमबार ०९:२८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।