दुई वर्षभित्र आईपीओ ल्याउने लक्ष्यसहित ‘प्रिफ्याब प्यानल नेपाल’को कर्पोरेट कार्यालय सञ्चालन

दुई वर्षभित्र आईपीओ ल्याउने लक्ष्यसहित ‘प्रिफ्याब प्यानल नेपाल’को कर्पोरेट कार्यालय सञ्चालन

काठमाडौं : आधुनिक निर्माण सामग्री उत्पादन गर्दै आएको ‘प्रिफ्याब प्यानल नेपाल प्रालि’ले काठमाडौंको जडीबुटीमा आफ्नो कर्पोरेट कार्यालय सञ्चालनमा ल्याएको छ।

कम्पनीले आफ्नो लगानी विस्तार गर्दै आगामी दुई वर्षभित्र आईपीओ निष्कासन गर्ने लक्ष्य राखेको छ।

चितवनको भरतपुर-८ मा कारखाना सञ्चालन गरिरहेको यस उद्योगमा हालसम्म करिब २५ करोड रुपैयाँ लगानी भइसकेको छ।

उत्पादन क्षमता बढाउन चीन र कोरियाबाट थप २० करोड बराबरको अत्याधुनिक मेसिनरी ल्याउने प्रक्रिया अघि बढेको र आगामी दिनमा कम्पनीको कुल लगानी ७५ करोड पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

अध्यक्ष नारायण रेग्मीसहित अनुभवी व्यवसायीहरूको नेतृत्वमा रहेको यस कम्पनीले आफ्नै ब्रान्डमा ‘स्मार्ट प्यानल’, ‘स्मार्ट ब्रिक्स’, ‘सिलिकन बोर्ड’ लगायतका आधुनिक निर्माण सामग्री उत्पादन गरिरहेको छ।

आगामी दिनमा ईपीएस र पीयुएफ बोर्डसमेत उत्पादन गर्ने कम्पनीको तयारी छ।

हालसम्म ५०० भन्दा बढी साना-ठूला परियोजनामा काम गरिसकेको कम्पनीले देशभर ६ वटा डिलरमार्फत सेवा दिइरहेको छ।

हाल ३५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको यस उद्योगले स्वदेशमै गुणस्तरीय निर्माण सामग्री उत्पादन गरी आयात प्रतिस्थापनमा उल्लेख्य योगदान पुर्याउने विश्वास लिएको छ।

भदौ १, २०८३ सोमबार १३:२७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।