कांग्रेस इतरको नेतामा शशाङ्क तोकिएसँगै भेलाको समापनमा गएनन् पूर्णबहादुर र शेखर

कांग्रेस इतरको नेतामा शशाङ्क तोकिएसँगै भेलाको समापनमा गएनन् पूर्णबहादुर र शेखर

काठमाडौं :  भेला हुँदै सम्मेलनमा बदलिएको नेपाली कांग्रेसको संस्थापन इतर समूहको कार्यक्रमको समापनमा नेता पूर्णबहादुर खड्का र शेखर कोइराला गएनन्। भेला उद्घाटनको दिन मञ्चमा यी दुवै नेता थिए भने सम्बोधन पनि गरेका थिए।

तर पाँच बुँदे निर्णयसहित आइतबार सकिएको सम्मेलनको समापन कार्यक्रममा दुवै नेता उपस्थित भएनन्। विशेष महाधिवेशनबारे विवाद सुरु भएदेखि नै १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित खड्काले कार्यवाहक सभापतिको रूपमा देउवा समूहको नेतृत्व गरिरहेका थिए।

राष्ट्रिय भेला शशाङ्कको संयोजकत्वमा हुने निर्णय भए पनि उनी सहभागी थिए। आइतबार भेलाले १५औँ महाधिवेशनसम्म पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा संयोजक शशाङ्कले संयोजन गर्ने निर्णय भयो। त्यसपछि दुवै नेता भेलाको समापनमा देखिएनन्। विमलेन्द्र निधी, प्रकाशशरण महत, प्रकाशमान सिंह लगायतका नेताहरु भने समापनमा  थिए।

साउन ३१, २०८३ आइतबार १९:१५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।