तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। 

बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा तीन हजार छ सय र चाँदीको ५० रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, शुक्रबार तोलामा चार हजार छ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार सात सय १० रूपैयाँमा कारोबार भइरहेको छ। 

साउन ३१, २०८३ आइतबार ११:०९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।