बैंकिङ कसुर मुद्दामा १४ लाख जरिवाना ठहर भएका अधिकारी पक्राउ
काठमाडौं : प्रहरीले बैंकिङ कसुर मुद्दामा १४ लाख जरिवाना ठहर भई फरार रहेका एक जनालाई शुक्रबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वत महाशिला गाउँपालिका-५ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-९ काँडाघारी बस्ने ४० वर्षीय तुलप्रसाद अधिकारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलाले दुई दिन कैद र जरिवाना १४ लाख ठहर भई फरार रहेकाले निजलाई शुक्रबार मनोहराबाट पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
निज अधिकारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
साउन २९, २०८३ शुक्रबार २१:४५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।