संसदीय समितिमा गृहमन्त्री सुधनले भने : पुष्टि नभएसम्म दोष लगाउनु चैँ ठिक भएन

संसदीय समितिमा गृहमन्त्री सुधनले भने : पुष्टि नभएसम्म दोष लगाउनु चैँ ठिक भएन

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले उजुरी पर्दैमा कसैको चरित्र हत्या गर्न नपाइने बताए। शुक्रवार शुक्रवार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले केही दिन अगाडि सार्वजनिक लेखा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको व्यवहारबारे टिप्पणी गर्दै भने “इट इज नट फेयर।”

समितिमा गृह सचिव र आइजिपीमाथि जसरी प्रस्तुत गर्नु पर्ने थियो त्यो नभएकोमा आफ्नो अनि गृह मन्त्रालयकै ध्यानाकर्षण भएको  भन्दै उनले उजुरी पर्दैमा कसैको चरित्र हत्या गर्न नपाइने बताए। उनले मानव अधिकार समिति भने अलि भद्र रहेको अनुभव भएको बताए। 

“सचिव, आइजीपीज्यूहरुले सरकारको स्पिरिट अनुसार काम गरिरहनु भएको छ। आरोप पुष्टि नभएसम्म दोष लगाउनु चैँ ठिक भएन” उनले भने।

समितिमा केही सांसदले सरकार पहिला सुन्ने अनि मात्र थुन्ने भने पनि उल्टो काम भइरहेको भन्दै आलोचना गरेका थिए। त्यसको जवाफमा हाँस्दै गृहमन्त्री गुरुङले भने “सुन्ने र थुन्ने। सुनेर पनि थुनेर..यो चैँ सम्बन्धित निकायको कमजोरी मान्छु म। प्रहरीले निभाउनु पर्ने काम र कर्तव्य पुरा गरेको छ। तर कहिलेकाहीँ सुनिने रहेनछ। बोलिने रहेनछ।”

साउन २९, २०८३ शुक्रबार १९:४३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।