प्रभु बैंकका ग्राहकलाई कीर्तिपुरको ससः त्वा हस्पिटालिटीमा विशेष छुट
काठमाडौं : प्रभु बैंक लिमिटेड र कीर्तिपुर-३, सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन तथा कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र ससः त्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले ससः त्वा हस्पिटालिटीमा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।
यो सुविधा लिनका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य कुनै विद्युतीय प्रणाली मार्फत बिल भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।
साउन २९, २०८३ शुक्रबार १३:१९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।