काठ लोड गर्ने क्रममा दुर्घटना हुँदा युवकको मृत्यु
खोटाङ : ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका एक युवकको मृत्यु भएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी-रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार उत्तिसको गोलिया काठ ट्याक्टरमा लोड गर्ने क्रममा धनकुटाको पाख्रिवास नगरपालिका-३ का ३५ वर्षीय लीला मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निराजन बस्नेतले जानकारी दिए।
ट्याक्टर र त्यसका चालक धनकुटाको महालक्ष्मी नगरपालिका-३ चानुवाका १९ वर्षीय सुनिल गुरुङलाई नियन्त्रणमा लिएको छ।
साउन २९, २०८३ शुक्रबार ११:३९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।