मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘लेमन ट्रि प्रिमियर’ र ‘टेस्ला डायग्नोस्टिक’मा विशेष छुट
काठमाडौं : मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले काठमाडौंको बुढानीलकण्ठस्थित ‘लेमन ट्रि प्रिमियर’ होटल र बालुवाटारस्थित ‘टेस्ला डायग्नोस्टिक’ क्लिनिकमा विशेष छुट पाउने भएका छन्।
आफ्ना ग्राहकहरूलाई थप सेवा-सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यी दुई संस्थासँग व्यावसायिक सम्झौता गरेको हो।
सम्झौतापछि लेमन ट्रि प्रिमियर बुढानीलकण्ठको होटलमा बसाइ र खानामा १५ प्रतिशतसम्म तथा स्पा सेवामा २० प्रतिशतसम्म छुट पाइनेछ।
यसका अलावा टेस्ला डायग्नोस्टिक बालुवाटारमा प्याथोलोजी टेस्ट, एमआरआई, एक्स-रे, डेन्टल ओपीडी तथा औषधीलगायतका सेवाहरूमा ५ देखि १० प्रतिशतसम्म छुट पाइनेछ।
यो छुट सुविधा लिनका लागि ग्राहकहरूले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड/प्रिभिलेज कार्ड पेस गर्नुपर्नेछ वा बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।
साउन २९, २०८३ शुक्रबार ११:०४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।