स्मार्टफोन कनेक्टिभिटीसहित नयाँ सुजुकी ‘एक्सेस १२५’ सार्वजनिक, यस्ता छन् आधुनिक फिचर्स

स्मार्टफोन कनेक्टिभिटीसहित नयाँ सुजुकी ‘एक्सेस १२५’ सार्वजनिक, यस्ता छन् आधुनिक फिचर्स

काठमाडौं : नेपालका लागि सुजुकी दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक भी.जी. अटोमोबाइल्स प्रालिले स्मार्ट प्रविधियुक्त नयाँ ‘सुजुकी एक्सेस १२५ कनेक्टेड’ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ।

राजधानीमा जारी ‘नाइमा एक्सपो २०२६’ को अवसर पारेर कम्पनीले यो नयाँ मोडल औपचारिक रूपमा सार्वजनिक गरेको हो।

नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने पूर्ण डिजिटल एलसीडी डिस्प्ले र ‘सुजुकी राइड कनेक्ट’ फिचर समावेश गरिएको छ। यस प्रविधिको सहायताले चालकले यात्राका क्रममा कन्सोल स्क्रिनमै आवश्यक सम्पूर्ण सूचना प्राप्त गर्न सक्नेछन्।

के-के छन् नयाँ स्मार्ट फिचर्स?
नेभिगेसन सुविधा : यात्रालाई सहज बनाउन 'टर्न-बाई-टर्न' नेभिगेसन र गन्तव्यमा पुग्ने अनुमानित समय (ETA) डिस्प्लेमै देखिने।
अलर्ट र नोटिफिकेसन : फोन कल, एसएमएस, ह्वाट्सएप नोटिफिकेसन र मिस्ड कल अलर्ट।
सुरक्षा तथा जानकारी : अत्यधिक गतिको चेतावनी (Speed Alert) का साथै मोबाइलको ब्याट्री र नेटवर्क स्टाटस डिस्प्ले।
ट्र्याकिङ र मर्मत : स्कुटर पार्क गरिएको अन्तिम लोकेसन, ट्रिप रेकर्ड र नियमित मर्मतका लागि 'सर्भिस रिमाइन्डर'।

दैनिक सहरी यात्रालाई आरामदायी र इन्धन किफायती बनाउन यो स्कुटरमा सुजुकीको भरपर्दो १२४ सीसी क्षमताको इन्जिन दिइएको छ। यसले उत्कृष्ट पर्फर्मेन्सका साथै सहज यात्राको अनुभव प्रदान गर्छ।

सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ कनेक्टेड मोडलले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र स्मार्ट प्रविधिको चाहनालाई पूरा गर्ने बताए। उनले सुजुकीको विश्वसनीयता र आधुनिक कनेक्टिभिटीको संगमले यस स्कुटरलाई बजारमा अझ लोकप्रिय बनाउने विश्वास व्यक्त गरे।

नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल अहिले नाइमा अटो शो २०२६ मा रहेको सुजुकीको प्याभिलियनमा प्रदर्शनमा राखिएको छ।

साउन २९, २०८३ शुक्रबार ०९:५८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।