सीएफमोटो र जीहोको ‘नाइमा विशेष अफर’, २० हजार नगद छुटसहित थुप्रै सुविधा

सीएफमोटो र जीहोको ‘नाइमा विशेष अफर’, २० हजार नगद छुटसहित थुप्रै सुविधा

काठमाडौं : ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नेपालका लागि सीएफमोटो मोटरसाइकल तथा जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टर प्रालिले ग्राहककेन्द्रित ‘नाइमा विशेष अफर’ सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत सीएफमोटो र जीहोका जुनसुकै मोडल खरिद गर्दा ग्राहकले २० हजार रुपैयाँको नगद छुट कुपन प्राप्त गर्नेछन्।

यो कुपन ग्राहक स्वयंले प्रयोग गर्न वा चाहेको खण्डमा परिवार, साथीभाइ वा अन्य व्यक्तिलाई हस्तान्तरण समेत गर्न सक्ने व्यवस्था गरिएको छ।

अफरअन्तर्गत उक्त कुपनसहित ‘फुल-फेस’ निःशुल्क हेल्मेट, नियमित मर्मतका लागि ४ वटा थप सर्भिस कुपन अनि आकर्षक एसेसरीज प्याकेजका साथै ५ वर्ष वा ६० हजार किलोमिटरसम्मको इन्जिन वारेन्टी पाउनेछन्।

यसका अलावा  सहज किस्ताबन्दी र पुरानो मोटरसाइकल साटफेरको सुविधा पनि एक्स्पोमा रहेको छ।

यो अफर एक्स्पोस्थित कम्पनीको स्टलका साथै देशभर रहेका सीएफमोटो र जीहोका सबै आधिकारिक शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ।

साउन २९, २०८३ शुक्रबार ०९:५३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।