सामसङ नेपालद्वारा एआई फिचरसहितको 'ग्यालेक्सी जेड फोल्ड ८' सिरिज सार्वजनिक

सामसङ नेपालद्वारा एआई फिचरसहितको 'ग्यालेक्सी जेड फोल्ड ८' सिरिज सार्वजनिक

काठमाडौं : सामसङ नेपालले एआई र स्मार्ट इकोसिस्टमसहितको आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोन 'ग्यालेक्सी जेड फोल्ड ८' सिरिज नेपालीमा सार्वजनिक गरेको छ। जसमा जेड फोल्ड ८ अल्ट्रा, जेड फोल्ड ८, जेड फ्लिप ८ सहित ग्यालेक्सी वाच ९ र वाच अल्ट्रा २ रहेका छन्।

नयाँ फोल्डेबल फोनहरूमा एआई कार्यक्षेत्र, पहुँच योग्यता र दिगोपनालाई एकीकृत गरिएको कम्पनीले जनाएको छ। ग्यालेक्सी जेड फोल्ड ८ सिरिजमा ठुला डिस्प्लेमार्फत एआई कार्य सम्पादन सहज बनाइएको छ भने जेड फ्लिप ८ मा कम्प्याक्ट फम फ्याक्टरमा आधारित एआई अन्तरक्रिया सुविधा रहेको छ। यस्तै, ग्यालेक्सी वाच लाइनअपले स्वास्थ्य र वेलनेस अनुभवलाई विस्तार गर्ने दाबी गरिएको छ।

सामसङले खरिद प्रक्रिया सहज बनाउन विभिन्न वित्तीय योजनाहरू ल्याएको छ। एचएफएलमार्फत ४० प्रतिशत डाउन पेमेन्ट गरी २४ महिनाको ईएमआईमा फोन खरिद गर्न सकिनेछ। यस्तै, योग्य ग्राहकका लागि २० प्रतिशत डाउन पेमेन्टमा ३६ महिनासम्मको ईएमआई सुविधा र ट्रेड-इन बोनसको व्यवस्था गरिएको छ। 

कनेक्टिभिटी सुविधा अन्तर्गत रेमिट्यान्ससँग जोडिएको नगद फिर्ता योजनासमेत रहेको छ। अगस्ट १३ देखि स्टक रहुन्जेल लागू हुने गरी दुई प्रकारका प्रि-अर्डर प्याकेजहरू सार्वजनिक गरेको छ। ६८ हजार रुपैयाँसम्मको लाभ पाइने 'भीआईपी प्रि-अर्डर प्याकेज' मा एनसेलको २ वर्षका लागि निःशुल्क डेटा र भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र १८ हजार ३५१ रुपैयाँ बराबरको ६ महिनाको गुगल एआई प्रो लगायतका सुविधाहरू रहेका छन्।

त्यस्तै, ५८ हजार रुपैयाँसम्मको लाभ भएको 'सामान्य प्रि-अर्डर प्याकेज' मा पनि एनसेल प्याक र एक्सचेन्ज बोनस जस्ता सुविधाहरू समावेश गरिएको छ। 

साउन २८, २०८३ बिहीबार २०:३८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।