कुमारी बैंकद्वारा ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गत १० लाख रुपैयाँ बीमा दाबी हस्तान्तरण
काठमाडौं : कुमारी बैंक लिमिटेडको गढवा शाखाले 'परिवार सुरक्षा बचत खाता'अन्तर्गत उपलब्ध बीमा सुविधाबमोजिम एक ग्राहकका परिवारलाई बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको छ।
बैंकका अनुसार खुमा पौडेलका श्रीमान्को दुर्घटनाजन्य निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी बैंकको गढवा शाखाले १० लाख बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो।
उक्त रकमले परिवारलाई कठिन परिस्थितिमा आर्थिक राहत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बीमा सुविधाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। 'परिवार सुरक्षा बचत खाता'अन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाप्रति विश्वास बढाउन महत्वपूर्ण योगदान पुर्याउने बैंकको भनाइ छ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप यस्ता सुविधाले वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा उनीहरूका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने बैंकले जनाएको छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दूमार्फत सेवा दिँदै आएको जनाएको छ। बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्दै प्रत्येक नेपालीलाई सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै, ग्राहकको वित्तीय सुरक्षा थप मजबुत बनाउने उद्देश्यले बैंकले विभिन्न निक्षेप, बीमा तथा बैंकिङ सेवाहरू सञ्चालन गर्दै आएको जनाएको छ।
साउन २८, २०८३ बिहीबार १८:१६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।