८ अंक बढ्यो नेप्से, पौने ४ अर्बको कारोबार
काठमाडौं : बिहिबार सेयर बजार बढेको छ। आज नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१ बिन्दुमा पुगेर बन्द भयो। अघिल्लो दिन नेप्से ०.५५ अंक बढेको थियो।
आज कारोबार रकम पनि बढेको छ। यसदिन ३४७ कम्पनीको एक करोड दुई लाख २५ हजार ८७४ कित्ता सेयर तीन अर्ब ७२ करोड ४७ लाख रुपैँयामा कारोबार भयो।
बुधबार ३४८ कम्पनीको ८७ लाख एक हजार ९४४ कित्ता सेयर तीन अर्ब ५३ करोड २१ लाख रुपैँयामा कारोबार भएको थियो।
आज १७१ कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको घट्यो भने १९ कम्पनीको स्थिर रह्यो। आज म्युचल फन्ड र लगानी समुहको उपसुचक बाहेक ११ वटै उपसुचक बढेका छन्।
बैंकिङ ०.३९, विकास बैंक ०.५३, फाइनान्स ०.०१, होटल तथा पर्यटन ०.३५, जलविद्युत् ०.५६, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.५७, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.५२ तथा अन्य ०.२८ प्रतिशत बढे। लगानी समूह ०.४९ प्रतिशत घट्यो।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो। सुपर खुदी हाइड्रोपावरको १३.०२, घलेम्दी हाइड्रोको ११.९० प्रतिशत मूल्य बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर छन्।
साउन २८, २०८३ बिहीबार १५:२९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।