भक्तपुरको होल्डिङ सेन्टरमा 'मृत' भेटिए ६० वर्षीय हिरालाल
काठमाडौं : भक्तपुरको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा रहेको सुकुमबासी होल्डिङ सेन्टरमा करिब ६० वर्षीय हिरालाल पासवान 'मृत' अवस्थामा फेला परेका छन्। सोही होल्डिङ सेन्टरमा रहेको मदन कामीले खाना खाने समयमा पासवानलाई मृत रूपमा देखेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक कार्कीले होल्डिङ सेन्टरका सुरक्षा गार्ड आधा घण्टा अगाडि घटनाबारे प्रहरीलाई खबर गरेको बताए। अहिले प्रहरी टोली घटनास्थलमै भएकाले विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए।
साउन २८, २०८३ बिहीबार १२:०२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।