जीडब्लूएमको विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा सार्वजनिक, मूल्य कति ?

जीडब्लूएमको विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं : ग्रेट वाल मोटर (जीडब्लूएम) ले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मार्फत कम्पनीले यो गाडी सार्वजनिक गरेको हो। विशेष सुरुवाती अफरअन्तर्गत यस गाडीको मूल्य ५९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

यस गाडीमा ५८.३ किलोवाट-आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ४ सय २० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ। नेपालको बाटोलाई लक्षित गर्दै यसमा १९० मिलिमिटरको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ।

सुरक्षालाई उच्च प्राथमिकता दिँदै यस गाडीमा ‘एडास’ अन्तर्गतका एडाप्टिभ क्रुज कन्ट्रोल, अटो इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्टजस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।

त्यसैगरी, इन्टेरियरमा १४.६ इन्चको टचस्क्रिन, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ र बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल-टु-लोड (भीटूएल) सुविधा यसका मुख्य आकर्षण हुन्।

नेपालका लागि जीडब्लूएमको आधिकारिक वितरक भीजी इम्पेक्सका अनुसार, यो मोडल सार्वजनिक हुने नेपाल विश्वकै दोस्रो बजार हो। कम्पनीले केही समयअघि मात्रै नेपालमा ‘ओरा-५’ ईभी ल्याएको थियो।

साउन २८, २०८३ बिहीबार १०:१५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।