झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो
काठमाडौं : बुधबार सेयर बजार सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२ विन्दुमा कायम भयो। अघिल्लो दिन जम्मा ०.७९ अंक बढेको थियो।
कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५३ करोडको भयो।
१०२ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो। लगानी समूह आज सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो। बैंकिङ ०.०५, फाइनान्स ०.२४ र होटल तथा पर्यटन ०.८५ प्रतिशत बढे।
विकास बैंक ०.२२, जलविद्युत् ०.४०, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.७०, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.०५, अन्य ०.१० तथा व्यापार ०.२१ प्रतिशत घटे।
आजबाटै कारोबारमा आएको माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो भने अपर लोहोरेखोलाको मूल्य १५ प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, सेन्ट्रल फाइनान्स, सोलु हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ङादी ग्रुप छन्।
साउन २७, २०८३ बुधबार १५:३०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।