एनआईसी एशिया बैंकका ग्राहकलाई ‘हेल्दी च्वाइस एस्थेटिक हस्पिटल’मा २० प्रतिशतसम्म छुट
काठमाडौं : एन आई सी एशिया बैंक र काठमाडौंको बालुवाटारस्थित हेल्दी च्वाइस एस्थेटिक हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्टोरेसन, डर्माटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक तथा बडी स्लिमिङका सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउनेछन्।
त्यस्तै, प्लास्टिक सर्जरीअन्तर्गतका सेवाहरूमा रु ५ हजारदेखि रु १० हजारसम्म र औषधि, युएसजी, टीएमटी तथा ईसीजी जस्ता सेवाहरूमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ।
यो छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ (मोबैंक), डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
यस सहकार्यबाट ग्राहकहरूलाई डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
साउन २७, २०८३ बुधबार १३:२४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।