नेपालमै बनेको ह्युन्डाई ‘भेन्यू’ र ‘भेन्यू एन लाइन’ सार्वजनिक, सुरुवाती मूल्य रु ४८.९६ लाख

नेपालमै बनेको ह्युन्डाई ‘भेन्यू’ र ‘भेन्यू एन लाइन’ सार्वजनिक, सुरुवाती मूल्य रु ४८.९६ लाख

काठमाडौं : नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै निर्मित कम्प्याक्ट एसयूभी ‘भेन्यू’ र ‘भेन्यू एन लाइन’ सार्वजनिक गरेको छ।

आकर्षक डिजाइन र आधुनिक प्रविधियुक्त ‘मेड इन नेपाल’ भेन्यूमा सनरुफ, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्याग जस्ता सुरक्षा सुविधाहरू रहेका छन्।

यो १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पका साथ एचएक्स२, एचएक्स५+ र एचएक्स ५ डीसीटी गरी तीन भेरियन्टमा उपलब्ध छ। यसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार कायम गरिएको छ।

त्यस्तै, स्पोर्टी र विशिष्ट शैलीमा ल्याइएको ‘वेन्यू एन लाइन’मा एन-ब्रान्डेड सिट, एलोइ ह्वील  र आकर्षक रेड हाइलाइट्सहरू रहेका छन्। यसको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

दुवै मोडलहरू नेपालभरका ह्युन्डाई शोरुमहरूमा प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध भइसकेका छन्।

साउन २७, २०८३ बुधबार ११:३३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।