नाइमा एक्स्पोमा चेरी वान्डाका ईभी भ्यान, बिना धितो 'हायर पर्चेज' सुविधा
काठमाडौं : भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’मा चेरी वान्डाले आफ्ना स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यानहरू प्रदर्शनमा राखेको छ।
साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोको हल ‘डी’ स्थित स्टल नम्बर १६ मा यी सवारी साधनहरू अवलोकन गर्न सकिनेछ।
कम्पनीले विशेषगरी व्यावसायिक प्रयोजन, स्कुल तथा कलेजहरूलाई लक्षित गर्दै ११, १२, १४ र १६ सिट क्षमताका ईभी भ्यान तथा मिनी बसहरू प्रस्तुत गरेको हो।
यी भ्यानहरूमा उच्च पिक पावर, पर्याप्त ब्याट्री क्षमता र १८० देखि २१० मिलिमिटरसम्मको ग्राउन्ड क्लियरेन्स रहेको छ। मोडलअनुसार एकपटकको चार्जमा २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।
साथै, चेरी वान्डाले ग्राहकहरूलाई गाडी खरिदमा सहजता पुर्याउन बिना धितो ‘हायर पर्चेज’ सुविधा समेत उपलब्ध गराएको छ।
यसले व्यावसायिक सवारी साधन किन्न चाहनेहरूलाई सहज र पहुँचयोग्य वित्तीय विकल्प प्रदान गर्ने कम्पनीको विश्वास छ।
साउन २७, २०८३ बुधबार ११:२८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।