नाइमा एक्सपोमा प्रोटोनको विद्युतीय एसयूभी ‘इ.मास ५’ सार्वजनिक, सुरुवाती मूल्य कति?
काठमाडौं : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन इ.मास ५’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’मा राखिएको यो गाडी अहिले अवलोकनकर्ता तथा अटो पारखीहरूको मुख्य आकर्षण बनेको छ।
सेग्मेन्टमै पहिलोपटक ‘रियर-ह्विल-ड्राइभ’ प्लेटफर्ममा आधारित यस गाडीमा उत्कृष्ट ड्राइभिङ क्षमता र उच्च स्थायित्व रहेको कम्पनीले जनाएको छ।
गाडीमा ७० लिटरको अगाडिको स्टोरेज (फ्रन्क), ३७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुल एचडी डिस्प्ले, र बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने ‘भेहिकल-टु-लोड’प्रविधि उपलब्ध छ।
त्यस्तै, यसको प्रीमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ११-इन-१ इलेक्ट्रिक मोटर, ३६०-डिग्री क्यामेरा र पावर्ड टेलगेट जस्ता अत्याधुनिक सुविधाहरू रहेका छन्।
कम्पनीले यो गाडी दुई भेरियन्टमा उपलब्ध गराएको छ। प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार तोकिएको छ।
साउन ३१ गतेसम्म सञ्चालन हुने नाइमा एक्सपोको हल ‘बी’ स्थित स्टल नम्बर 'एल-६' मा पुगेर ग्राहकले यो गाडीको प्रत्यक्ष अनुभव लिन र बुकिङ गर्न सक्नेछन्।
साउन २७, २०८३ बुधबार ११:२५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।