नाइमा अटो एक्सपोमा ग्लोबल आइएमई बैंकको अफर : ५.२५ प्रतिशतमै अटो लोन, तीन दिनमै स्वीकृति
काठमाडौं : ग्लोबल आइएमई बैंकले ‘नाइमा अटो एक्सपो’को अवसर पारेर नयाँ गाडी खरिदकर्ताहरूका लागि विशेष ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ।
यस योजनाअनुसार ग्राहकले बैंकको आधारदरमा ०.५ प्रतिशत मात्र प्रिमियम थपेर न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमा गाडी कर्जा प्राप्त गर्न सक्नेछन्। आधारदर घटबढ हुँदा यो ब्याजदर पनि स्वतः समायोजन हुनेछ।
त्यस्तै, नयाँ विद्युतीय गाडी (ईभी) किन्ने ग्राहकका लागि बैंकले ३ वर्षसम्म ५.९९ प्रतिशत स्थिर (फिक्स्ड) ब्याजदरको योजना ल्याएको छ। ३ वर्षपछि भने आधारदरमा अधिकतम २ प्रतिशतसम्म प्रिमियम थपिने बैंकले जनाएको छ।
आवश्यक कागजात पूरा भएको ३ दिनभित्रै कर्जा स्वीकृतिपत्र प्रदान गरिने बैंकले जनाएको छ। एक्सपोस्थलमै रहेको बैंकको स्टलबाटै ग्राहकले कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
देशका ७७ वटै जिल्लामा ३४१ शाखासहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइरहेको ग्लोबल आइएमई बैंकले हालै लगातार तेस्रोपटक ‘बेष्ट बैंक नेपाल’ को उपाधि हात पारेको थियो।
साउन २७, २०८३ बुधबार ११:२०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।