सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच?
एजेन्सी : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय र चाँदी ३५ रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि ३५ रूपैयाँ घटेर चार हजार सात सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी तोलामा चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको थियो।
साउन २७, २०८३ बुधबार ११:१६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।