एनआईसी एशिया बैंकद्वारा दुई विद्यालय र पुनःस्थापना केन्द्रलाई सहयोग

एनआईसी एशिया बैंकद्वारा दुई विद्यालय र पुनःस्थापना केन्द्रलाई सहयोग

काठमाडौं : एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर र सिन्धुपाल्चोकका दुई विद्यालय तथा एक पुनःस्थापना केन्द्रलाई विभिन्न सहयोग प्रदान गरेको छ।

बैंकले भक्तपुरको चाँगुनारायणस्थित ‘स्पेशल स्कुल फर डिसेबल एण्ड रिह्याबिलिटेसन सेन्टर’को अटिजम स्कुल भवन निर्माणका लागि विद्युतीय वायरिङ सम्बन्धी सहयोग उपलब्ध गराएको छ।

यसैगरी, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालयका ५०६ भन्दा बढी विद्यार्थीहरूका लागि डिजिटल बोर्ड र सोही स्थानको बाघ भैरव माध्यमिक विद्यालयका ३०२ भन्दा बढी विद्यार्थीहरूलाई स्कुल झोला तथा प्रोजेक्टर हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

विभिन्न कार्यक्रमका बीच बैंकका प्रतिनिधिहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा संस्थाका अध्यक्षलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

यस सहयोगले विद्यार्थीहरूको सिकाइ, पठनपाठन र पुनःस्थापनामा सहजता भई गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

साउन २७, २०८३ बुधबार ११:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।