थपिए शहीद, सुनसरी घटनामा मारिएका चारै जना शहीद
काठमाडौं : मन्त्रिपरिषद् बैठकले सुनसरीमा दुई समूहबीचको विवादकाक्रममा सुरक्षाकर्मीको गोली लागेर मारिएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
दुई समूहबीचको विवादकाक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर सुनसरीमा तीन जना र सिरहामा एक जनाको मृत्यु भएको थियो। सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा सिराहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय भयो।
गृहमन्त्रीले पीडित परिवारहरूका सदस्यसँग सहमति गर्दा मृतकहरूलाई शहीद घोषणा गर्ने सहमति गरेका थिए। सोही अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले सो सहमति कार्यान्वयन गरेको हो।
साउन २६, २०८३ मंगलबार २१:३६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।