ब्रोडपिक दुर्घटनामा मारिएका तीन आरोहीको शव नेपाल आयो, निर्मल पुर्जाको शव सिधै बेलायत लगियो
काठमाडौं : पाकिस्तानको ब्रोडपिक आरोहण क्रममा आएको हिम पहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ। मंगलबार पाकिस्तानबाट किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याइएको हो।
आरोहणकाक्रममा चार नेपाली र एक नेपाली मूलका बेलायती नागरिक निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो।सबैभन्दा पहिला नेपाली आरोही पुरबहादुर गुरुङको शव फेला परेको थियो। उनको शव नेपाल ल्याएर स्वयम्भूमा अन्तिम संस्कार भइसकेको छ।
निम्स दाइका रूपमा परिचित निर्मल पुर्जाको शव भने उनी कानुनी रूपमा नागरिक रहेको बेलायत लगियो। पुर्जा नेपालको पर्वतारोहणमा जोडिएकाले पर्वतारोहणमा संलग्नहरूले श्रद्धाञ्जलीका लागि पुर्जाको शव नेपाल ल्याउन चाहेका थिए। तर परिवारको माग भन्दै पाकिस्तानबाट सिधै बेलायत लगियो।


साउन २६, २०८३ मंगलबार २१:०६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।