नागरिक लगानी कोष र मनकामना अस्पतालबीच उपचारमा छुटसम्बन्धी सम्झौता

नागरिक लगानी कोष र मनकामना अस्पतालबीच उपचारमा छुटसम्बन्धी सम्झौता

काठमाडौं : नागरिक लगानी कोष र चितवनको भरतपुरस्थित मनकामना अस्पतालबीच कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौतापत्रमा कोषका तर्फबाट निर्देशक हेमन्त पोखरेल र अस्पतालका तर्फबाट बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरे। सम्झौताअनुसार अब कोषका सहभागी, सेयरधनी र कर्मचारीले अस्पतालले उपलब्ध गराउने सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउनेछन्।

साथै सिटी स्क्यान र अपरेशन (शल्यक्रिया) मा १०/१० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुट प्राप्त हुनेछ। यो सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र, कोषमा आबद्ध भएको प्रमाणपत्र वा अन्य पहिचान खुल्ने कागजात पेस गर्नुपर्ने छ।

साउन २६, २०८३ मंगलबार १९:४४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।