मुक्तिनाथ विकास बैंकले ल्यायो ५.५७ प्रतिशत ब्याजदरको अटो लोन

मुक्तिनाथ विकास बैंकले ल्यायो ५.५७ प्रतिशत ब्याजदरको अटो लोन

काठमाडौं : मुक्तिनाथ विकास बैंकले काठमाडौंमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’लाई लक्षित गरेर विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। 

सहुलियत ब्याजदरमा सवारी साधन खरिद गर्न सहयोग पुर्याउने उद्देश्यले बैंकले आधार दरमा शून्य प्रतिशत प्रिमियम थप गरी ऋण उपलब्ध गराउने घोषणा गरेको हो।

यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ। यो विशेष ब्याजदर भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। उक्त अवधि समाप्त भएपछि भने बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ।

बैंकले ग्राहकको कर्जा आवेदन र आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा २४ घण्टाभित्रै अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ। यसले सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले जनाएको छ। 

साउन २६, २०८३ मंगलबार १९:३७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।